क्रिकेटखेल

विश्व कप लिग–२ को पहिलो शृङ्खला : नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँमा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ को पहिलो शृङ्खला अन्तर्गत दोस्रो खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९: ३० बजे सुरु हुनेछ । नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रृंखलामा पहिलो जित निकाल्ने उद्देश्यका साथ नेपाल मैदानमा उत्रिने छ भने नेदरल्यान्ड्स पनि नेपाललाई उसकै मैदानमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने सुरमा रहेको छ ।

जारी श्रृंखला अन्तर्गत बिहीबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन् । बिहीबारदेखि सुरु भएको खेलमा नेपालले घरेलु मैदानमा पहिलो श्रृंखलाअन्तर्गत बलिया दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग समान २-२ खेल खेल्दै छ । कुल ८ टोली सहभागी रहेको प्रतियोगितामा एक टिमले ३६ खेल खेल्नेछ ।

हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भिम सार्की, देव खनाल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ् रहेका छन्।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.