कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७५ वर्षदेखिको नेपाल र स्वीस सरकारको सम्बन्ध थप प्रगाढ तथा विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालका लागि स्वीस सरकारका प्रतिनिधि ‘हेड अफ कोर्पोरेशन’ म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले आइतबार विराटनगरमा भएको भेटवार्तामा उहाँले स्वीस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले नेपालको सङ्घीयता र संविधान कार्यान्वयनका लागि गरेको सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै वित्तीय सङ्घीयता बलियो बनाउन स्वीस सरकारबाट थप सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेशमा लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनको तयारी गरेकाले यसमा पनि सहकार्यका लागि आग्रह गर्नुभयो ।
त्यस अवसरमा स्वीस सरकारका हेड अफ कोर्पोरेसन म्याथिस मेयरले सङ्घीयता बलियो बनाउनका लागि स्वीस सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रदेश सरकारले सात वर्ष पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सङ्घीयता कार्यान्वयनका लागि स्वीस सरकार सहयोगी बन्ने बताउनुभयो ।
स्वीस सरकारले सञ्चालन गरेको परियोजना कोशी प्रदेशमा राम्रोसँग सञ्चालन भएकामा मेयरले खुसी व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्