अर्थ
एक हजार दुई सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्दा चाँदीको मूल्य तोलामा रू १५ बढेको छ।

आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्