जापान

क्रिप्टोकरेन्सीले जापानमा छिट्टै वित्तीय उत्पादनको मान्यता पाउने

विश्वको तेसो ठूलो अर्थतन्त्र जापानमा क्रिप्टोकरेन्सीलाई स्टकसंगै वित्तीय उत्पादनको रूपमा पुनः परिभाषित गर्ने कि नगर्ने भनेर अध्ययन गरिरहेको समाचार छ ।

वित्तीय नियामकहरूले क्रिप्टोकरेन्सीलाई स्टकसंगै वित्तीय उत्पादनको रूपमा स्थापित गर्नाले लगानीकर्ताहरूलाई क्रिप्टो सम्पत्तिहरूमा व्यापार गर्न फराकिलो विकल्पहरू दिनसक्ने अपेक्षा गरिएको छ ।

जापानमा डिजिटल मुद्राहरूमा बढ्दै गएको लगानीलाई व्यवस्थित गर्न यो कदम चाल्नन लागिएको हो । जापानमा डिजिटल मुद्राको ट्रेडिंग खाताहरूको संख्या १० मिलियन भन्दा बढी छ र क्रिप्टोकरेन्सीहरू कानूनी रूपमा भुक्तानीहरू व्यवस्थित गर्ने माध्यमको रूपमा मान्यता प्राप्त छ ।

भुक्तानी मान्यता पाए पनि धितोपत्र बराबरको मान्यता नभएका कारण त्यसलाई पुनः परिभाषित गर्नु आवश्यक रहेको छ । यसबाट लगानीकर्ताहरूका लागि क्रिप्टोकरेन्सीको मूल्य ट्र्याक गर्ने एक्सचेन्ज ट्रेडेड कोषहरूमा कायम प्रतिबन्ध हटाउन सक्छ।

फाइनान्सियल सर्भिस एजेन्सीले यसै वर्षको मध्यसम्ममा सुधारको दिशा तय गर्न विज्ञहरूसँग परामर्श गरिरहेको छ । उसले आवश्यक कानुनहरु संशोधन पनि गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.