काठमाडौंमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिदेशीय श्रृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपालले यसअघिको सानदार जितको लयलाई कायममै राखेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न श्रृङ्खलाको तेस्रो खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको छ । यसअघि नेपालले नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ ।
टस जितेर पहिले फिल्डिङ् गरेको नेपालका लागि नामिबियाले ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन बनाएको थियो । २७५ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको नेपालका लागि आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लको अद्र्धशकको मद्दतले ४७.३ ओभरमा ७ विकेटको क्षतिमा सहज जित निकालेको हो ।
नेपालका लागि नामिबियाबिरुद्धको पहिलो खेलमा शतक पूरा गरेका कुशल भुर्तेल १ रनमै आउट भए पनि आशिफ शेख र ज्ञानेन्द्र मल्लले अद्र्धशतक पूरा गरी नेपालको स्कोर उकासेका थिए ।
आजको खेलमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ शेखले नेपालका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक ठूलो साझेदारी गरे । दोस्रो विकेटका लागि शेख र मल्लले १३९ रनको बलियो साझेदारी गरेपछि नेपालको जितको आधार बनेको थियो ।
नेपालका लागि आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्ल ६५ र कुशल मल्ल ६२ रन बनाएर । आक्रामक ब्याटिङ गरेका कुशलले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गरे ।
यसै गरी कप्तान रोहित पौडेल ३९ रनमा आउट भए भने सन्दीप जोेरा ३ रनमा आउट भए भने नेपालका लागि विजयी पारी सोमपाल कमी ८ र गुल्सन झा शून्यमा अविजीत रहे । श्रृङ्खलाको अन्तिम खेलमा नेपालले अब स्कटल्याण्डसंग खेल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्