जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

कैलाली, दाङ, तनहुँ, काठमाडौँ र सिरहामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । कैलाली, गौरीगंगा नगरपालिका-९ शंकरपुरमा हाल नम्बर नखुलेको बसले से.३ प ९३ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा चालक सोही नगरपालिका-८ बडैपुर बस्ने ३९ वर्षीय गोपी नेपालीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-१८ कालीका टोलमा रा.७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूकुम पूर्व भुमे गाउँपालिका-१ बस्ने २७ वर्षीय आदर्श पुनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागी भैरहवातर्फ रिफर गरिएको छ ।

यस्तै तनहुँ, आबुखैरेनी गाउँपालिका-२ नारीघाटस्थित सडकमा बा.१६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार चितवन ईच्छाकामना गाउँपालिका-६ बस्ने २२ वर्षीय सागर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार ६ जनाको पुरानो मेडिकल भरतपुर चितवनमा उपचार भइरहेको छ भने १ जना डिस्चार्ज भएका छन् । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता काठमाडौं, कीर्तिपुर नगरपालिका-६ स्थित सडकमा बा.प्र.०२-०३० प ३८५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १५ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ भाजंगल घर भएका २४ वर्षीय सबुन महर्जनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उता सिरहा, नरहा गाउँपालिका-५ बलुवा चोकस्थित सडकमा स.९ प ४६३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बिष्णुपुर गाउँपालिका-२ कौवाहा बस्ने २८ वर्षीय राम दयाल यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.