खेलफूटबल

अन्तरराष्ट्रिय महिला फुटबल : नेपालको सुखद् सुरुआत, किर्गिस्तान १–० ले पराजित

अन्तरर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले सुखद् सुरुआत गरेको छ ।

महिला फुटबल

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमला चौधरीले गोल गरिन् । उनले खेलको ११औँ मिनेटमा गोल गरिन् ।

यो जितसँगै नेपालले तीन अङ्क जोडेको छ । अब नेपालले यही फागुन ८ गते लेबनानसँग खेल्नेछ । त्यसअघि सोमबारै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । म्यानमारको जितमा विन थेङ्गी तुन, स्वेय यी तुन र सान थाअले समान एक–एक गोल गरे । यता लेबबानका लागि लायला इस्कन्दरले सान्त्वना गोल गरिन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा म्यानमारकी विनले पेनाल्टी बक्सबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो । त्यसपछि खेलको ६०औँ मिनेटमा लेबनानकी लायलाले एक गोल गरिन् ।

खेलको ७२औँ मिनेटमा म्यानमारकी अर्की खेलाडी स्वेय यीले हेडमार्फत बललाई जाली चुमाइन् । त्यसको तीन मिनेटपछि सानले अर्को गोल थपिन् । उनले रिबाउन्डमा गोल गरेकी हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.