पूर्वराजा ज्ञानेन्द्रद्वारा राजनीतिक दलसँग सहकार्यको प्रस्ताव
पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राख्नुभएको छ । शनिबार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो प्रस्ताव अघि सार्नुभएको हो । उहाँले मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले जनचाहना बमोजिम राजसंस्थाले गद्दी दाउमा राखेर प्रजातन्त्रका लागि जनतासँग हातेमालो गरेको आठौँ दशक पुग्दै गर्दा यसका सबल र सुधार गर्नुपर्ने पक्षको समीक्षाका साथै ऐतिहासिक क्षणको विस्तारित एवं यथार्थपरक संस्मरण नयाँ पुस्ताको ज्ञान र प्रेरणाका लागि आवश्यक भइसकेको बताउनुभयो ।
उहाँले विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको बतउनुभयो ।
राज्य सत्ताको बागडोर ज-जसका हातमा परे पनि जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा योगदान नपुगेको उहाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । ‘राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न ’ पूर्वराजा ज्ञानेन्द्र शाहले भन्नुभएको छ ।
पूर्व राजाको शुभकामना सन्देश :
प्रतिक्रिया राख्नुहोस्