खेलफूटबल

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

ओसासुनामाथि जित निकाल्दै स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी घटाएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले ओसासुनामाथि २-० को जित निकालेको हो ।

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

रियल मड्रिडलाई जित दिलाउन फेडेरिको भाल्भर्डे र मार्को एसेन्सियोले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल मड्रिडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ७८ औं मिनेटमा फेडेरिकोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको इन्जुरी समयमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए । जितसँगै रियल मड्रिडले शीर्ष स्थानमा बार्सिलोनासँगको अंक दुरी ५ अंकमा झरेको छ । यद्यपि बार्सिलोनाले रियल मड्रिडले भन्दा एक खेल कम खेलेको छ । २२ खेलमा ५१ अंक जोडेको रियल मड्रिड तालिकाको दोस्रो स्थानमा छ भने ३० अंक जोडेको ओसासुना दशौँ स्थानमा रहेको छ । शीर्ष स्थानको बार्सिलोनाको भने ५६ अंक रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.