अमेरिकाले गर्यो नेपालमा एमसीसी परियोजना स्थगित
नेपालको सत्ता राजनीतिमा उथलपुथल मच्चाएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालमा संचालित परियोजनाहरु बन्द गरेको छ ।

अमेरिकी राष्ट्रपत डोनाल्ड ट्रम्पको अनुदान कटौतीको घोषणासंगै एमसीसीका परियोजना बन्द भएको अनुमान गरिएको छ । अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले एमसीसीले आफ्नो कार्यक्रम स्थगनबारे इमेलबाट जानकारी दिएको बताउनुएको छ ।
नेपालले २०७४ सालमै एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गरेको थियो । तर उक्त सम्झौता नेपालमा निकै विवादित बन्यो ।
एमसीसी कम्प्याक्ट नेपालभित्रको राजनीतिक खिचातानीको केन्द्रमा रहेको थियो । खास गरी वामपन्थी दलहरूले यसलाई अमेरिकाको सामरिक इन्डोप्यासिफिक रणनीतिको हिस्सा भन्दै अस्वीकार गर्दैआएको थियो ।
तर, विगतमा बिरोध गर्ने दलहरुले बि.सं. २०७८ को फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो। त्यसपछि एमसीसीको खास कार्यान्वयन डेढ वर्षअगाडि सुरु भएको थियो।
अमेरिकामा डोनल्ड ट्रम्पको प्रशासनले खर्च कटौतीका निम्ति भन्दै अमेरिकी सहयोग नियोग यूएसएआईडीका कार्यक्रम बन्द गरिदिएको थियो।
अमेरिकाको ५०० मिलियन डलर र नेपालको १९७ मिलियन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो।
प्रतिक्रिया राख्नुहोस्