देशको उन्नतिका लागि ओहदा र सुखसुविधा त्यागौं अरु के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ : पूर्वराजा ज्ञानेन्द्र (भिडियो)
पूर्वराजा ज्ञानेन्द्र शाहले देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्नुभएको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो ।

पूर्वराजा शाहले प्रजातन्त्र आशा जगाउने प्रणाली रहेको भन्दै तीन दशकयताको स्थिति यस्तो नरहेको उल्लेख गर्दै व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा रहेको बतउनुभयो ।
उहाँले नेपालको उन्नतिका लागि आफूहरूले के त्याग गर्नुपर्ने हो त्यसका लागि तयार रहेको बताउनु भएको छ । उहाँले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्ने भन्दै देशका लागि आफ्नो समर्पण र निष्ठा सदैव रहने धारणा व्यक्त गर्नु भयो ।
उहाँले भन्नुभयो ‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्छ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ’ । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं ।’
‘राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुखसुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन । कतै कुनै पन र पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो’ पूर्व राजा ज्ञानेन्द्रले भन्नुभयो ।
यस्तो छ पूर्वराजाको भिडियो सन्देश :
प्रतिक्रिया राख्नुहोस्