राजनीति

७० करोड कमिशनको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाबाट राजीनामा

गोकुल बाँस्कोटा

गोकुल बाँस्कोटा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनुभएको छ ।

संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा माग्दै संसद अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिनुभएको हो ।

सभामुख सापकोटाले भन्नुभयो ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताउनुभएको छ । राजीनामा लगतै ट्वीट गर्दै बाँस्कोटाले ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’ भन्नुभएको छ र

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.