राजनीति
पूर्वमन्त्री श्रेष्ठको निधन
पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उहाँका छोरा डा जया श्रेष्ठले जानकारी दिनुभयो । उहाँ ८८ वर्षका हुनुहुन्थ्यो ।
वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनुभएको थियो ।
विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री हुुनुहुन्थ्यो । उहाँका छ छोरा र एक छोरी हुनुहुन्छ । उहाँको मङ्गलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।
प्रतिक्रिया राख्नुहोस्