जन सरोकार

नवलपुरमा पाँच गिद्ध मृत फेला

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा सोमबार पाँच गिद्ध (जटायु) मृत फेला परेका छन् । चार डङ्गर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन् ।

गिद्ध मृत फेला

जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार सोही स्थानमा एउटा सुन गिद्ध र ६ डङ्गर प्रजातिको गिद्ध बिरामी अवस्थामा फेला परेका छन् । गिद्ध मरेको स्थानमा दुई स्याल पनि मृत फेला परेकाले त्यही सिनो खाएर गिद्ध मरेको आशङ्का गरिएको छ ।

खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए । मरेका गिद्धको मङ्गलबार परीक्षण गरिने तथा बिरामी गिद्धको प्राथमिक उपचार गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.