जन सरोकार

भारत पुगेका नेपालीले सजिलै भारतीय सिमकार्ड पाउने

नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा सहज रुपमा घुमिफिर गर्न सक्छन् । तर भारत पुगेका नेपालीहरुका लागि भने संचार आदानप्रदानका लागि भारतबाट सहज रुपमा सिमकार्ड उपलब्ध हुँदैनथ्यो ।

भारतमा धार्मिकयात्रा तथा अन्य प्रयोजनमा पुग्ने नेपालीहरुका लागि भारतीय सिमकार्ड सजिलै उपलब्ध नहुने गरेकामा अब भने परिचय खुल्ने निनश्चित कागजात देखाएर सिमकार्ड लिन सकिने भएको छ ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने जानकारी दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल एक्समार्फत भन्नुभएको छ, ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ। ’

यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरुले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.