रास्वपा सचिलय बैठक, यस्ता छन् एजेण्डा
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहिबारका दिउँसो २ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ ।

रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएको जानकारी अनुसार बैठकका लागि समसामयीक र पार्टी गतिविधि, नियमावलीर कार्यविधिहरु, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी र विविध विषय रहेको छ ।
बैठकमा नियमावली र कार्यविधिहरु (प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१) लगायतमाथि छलफल हुनेछ।
यसै गरी फागुन १६ गतेदेखि पार्टीले सञ्चालन गर्न लागेको सर्वांगीण सम्वाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारीबारे पनि बैठकमा छलफल हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्