जन सरोकार

ताप्लेजुङमा फेरि झडप, ११ प्रहरी र एकजना प्रदर्शनकारी घाइते

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै बिरोधमा उत्रिएका मा ‘नो केबलकार’ समूह र प्रहरी बिहिबार पनि झडप भएको छ ।

केबुलकारले पहिचान मासिने भन्दै भैरहेको बिरोध प्रदर्शन झडपमा परिणत हुँदा नेपाल प्रहरीका ६जना र सशस्त्र प्रहरीका ५ तथा एकजना प्रदर्शनकारी गरी १२ जना घाइते भएका छन् ।

ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीहरुले अश्रुग्यास र लाठी चार्ज गरेका थिए ।

सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हानिए पनि स्थिति मत्थर नभएपछि पाँच राउण्डभन्दा बढी अश्रुग्यास प्रहार भएको प्रहरीको भनाइ छ ।

पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.