पुस्तक समीक्षा- ‘अग्नि’लाई हेर्ने दृष्टिकोण
“उद्देश्य त त्यतै जाने र लैजाने हो एक्लै गएर कही पुगिन्न संगै जानु छ, हिँड्न नसक्नेलाई पनि संगै लैजानु छ”
सकालीन समयको चेतनाको जगमा पूर्वीय दर्शन र मिथकलाई हेर्ने देशको राणाकाल र मल्लकालको समयदेखि आहिलेसम्मको परिस्थिलाई जस्ताको तस्तै बहुलता र विधिलाई नजिकबाट अनुभूत गर्ने र सीमान्तकृत ती पर्दा पछाडि रहेका पात्रको जो नेपाल र नेपाली राष्ट्र र राष्ट्रियताका लागि काम गर्नेको पहिचानलाई मूल प्रवाहमा ल्याउने अग्नि महाकाब्यको विशेषताको रुपमा लिन सकिन्छ।
आरनबाट उठेको वीरताले जोगाएको देशमा त्यही आरन कसरी अछुत हुनसक्छ भन्ने प्रश्नसँगै जोडिएको साहित्य विधामा भरिएको महाकाब्य अग्नि हो ।
समाजमा भएका कुरीति र विसङ्गति, भेदभाव र छुवाछुत जस्तो समाजलाई चित्रण गरी सिङ्गो समाज र राष्ट्रको लागि गरेका योगदानहरूलाई कसले लेख्ने, कहाँ लेख्ने भन्ने कुराहरूलाई दर्शाउनु भएको छ ।
देशको पनि चरित्र चिन्तन र जीवन हुन्छ व्यक्ति जस्तै व्यक्ति व्यष्टि हो र देश समष्टि जस्ता शब्दले भरिएको महाकाव्यलाई बाहिर प्रस्तुत गर्नु भएको छ । डा. लम्सालले महाकाव्य अग्निमा,
अनुच्छेद “एक”मा छ-
बुद्धको सालिक नजिकै
मसुमासुको पसल देख्छु
गाईको दूधमा रगत मिसिएको देख्छु
कुशबारीमा डढेलो लागेको देख्छु
गीता दर्शन कर्मकाण्डले ढाकेको
मान्छेभित्रको मान्छे मर्दै मर्दै गएको देख्छु
तर कहिलेकाहीँ त यस्तो पनि लाग्छ
म लाशैलाशहरुको बीचमा कसरी बाँचेको हुँला ?
यस्तै गहकिला शब्दले भरिएको महाकाव्य हामीमाझ पस्किनु भएकोमा डा. लम्साललाई धेरैधेरै आभार व्यक्त गर्दछु ।
खराब सोच, नियत र चलनले धमिलिएको पूर्वीय ऋषि परम्पराको नदीलाई फेरि सङ्लो पार्नुछ र मानवताविरुद्धका सबैखाले कलंक मेट्नु छ । सीमान्त नागरिकको इतिहास खोजेर तिनको काब्यिक लेखन पुनर्लेखन गर्नुछ, गल्ती भएकै ठाउँमा सच्याउनु छ र अब गल्ती नहुने बहुबिधि तय गर्नुछ ।
युगयुग का सत्ताले लेखे आआफ्ना सत्ताका कथा
तर तपाई निरपेक्ष कसरि हुन सक्छ तपाईं ले झेलेका युग ?
दाजै, म युगसंग जवाफ खोज्छु ।
कति पटक समय फेरियो, रुप फेरिएन
तर तपाई निरपेक्ष कसरी हुन सक्छ तपाई बाँचेको समयरु
दाजै म समय संग जवाफ खोज्छु ।
कल्याणकारी राज्यको कुरा गर्यौ,
लोक कल्याकारीको कुरा गर्यौ
तर नागरिक निरपेक्ष राज्य कसरी राज्य हुन सक्छ
दाजै म राज्यसंग जवाफ खोज्छु ।
झण्डावाला गाडीले ढाकेर
सडक अवरुद्ध छ भनेको सुन्छ
नेताहरुले आफ्नै भाषणको किताब बेचेको सुन्छ
पुलहरू बनिनसक्दै भत्किन थालेको सुन्छ
तुइनमा झुण्डेका नानीहरू खोलामा खसेको सुन्छ
बलात्कार सुन्छ हत्या सुन्छ
देश मिचिएको सुन्छ बेचिएको सुन्छ
डढेलो लागेको वन र सुकेको खोलाको कथा सुन्छ
जागिर खोज्न गएकाहरु विदेशमै बितेको सुन्छ
धरै मान्छे रोएको सुन्छ चिच्याएको सुन्छ
तर नागरिकको दुःखमा
सत्ता रोएको कहिल्यै सुन्दिन किन होला ?
निकै सुस्त गतिमा रहेको र हराउनै लागेको जस्तो नेपाली महाकाब्य विधा चलायमान बनाउनका लागि पनि यो अग्निले बौद्धिक क्षमतालाई तार्किक रुपमा अगाडि बढाएको पाइन्छ । अनुच्छेद चारमा राष्ट्र, राष्ट्रियको इतिहासलाई ओकेल्नु भएको छ-
इतिहासमै सच्याउनु छ इतिहासको गल्ती
र इतिहास लेख्नु छ समयको
था छ कविजी
तिब्बतसंग को लडे ?
चीन संग को लडे ?
ब्रिटिससंग को लडे ?
थाहा छ ?
कहाँ छ प्रमाण ?
इतिहासको पनापना न छ ।
थाहा छ
एकीकरणको आन्तरिक युद्धमै कोको लडेर
साथमा के के लिएर लडे ?
कसरी लडेर ? कति वीरहरू लडे ?
कति मरे जाती मारिए ?
थाहा छ
इतिहासको पानापाना छ ।
वि सं १७९० वि सं १८१६ मा एक सय साठी धार्ने फलाम पिटेर एक जोडी जेठी तरवार बनाए जुन तरवारले खिया नलाग्ने फलाम काट्नसक्ने जुनसुकै फलाम काट्दा पनि धार नदोब्रिने चमकदार बनेको जेठी तरवार बनाउन ६ जना कालिगढलाई नौ महिना लागेको थियो ।
मकवानपुरमाको लामो इतिहास राखेर विजयपुर, मणिपुरबाट सुरु गरिएको गोर्खा राज्यले सम्पन्न गर्न सक्छ भनेर हेमकर्ण सेन राजाले पृथ्वी राज्यलाई दिएको थियो । हो, त्यहीबाट सुरू भएको राज्य एकीकरणले नेपालको निर्माण गरिएको थियो । तर, धेरै राजा फेरिए, शासक धेरै फेरिए व्यवस्था फेरियो- अवस्था फेरिएन त्यसको निर्माण गर्ने जेठी तरवार बनाउनेको इतिहास कसले खोज्ने त्यो तरवार कहाँ छ कसले खोज्ने ? को लडे नालापानी, को लडे देउथलमा ? इतिहस कहाँ छ ? कसले खोज्ने जस्ता राष्ट्रियताका बारेमा लेख्नु भएको छ अग्नि ।
डा. नवराज लम्सालको अग्नि महाकाव्यले मदन पुरस्कार प्राप्त गरेका छ विक्रम संवत् २०७८ सालमा । अग्नि महाकाव्यले मदन पुरस्कार मात्र नभएर प्रभास राज्यलक्ष्मी उत्कृष्ट कृति पुरस्कार २०७८, लगायत थुप्रै पुरस्कार प्राप्त गरेको छ।
टोकियो, जापान ।
प्रतिक्रिया राख्नुहोस्