राजनीति

बालेनले ट्रम्पलाई दिएको सन्देशले हल्लीखल्ली मच्चाउँदा राजनीतिक नेतृत्व चूप

जब देशको स्वाभिमानको प्रश्न आउँछ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह खम्बा बनेर कडा प्रतिक्रिया जनाउने गर्नुभएको छ ।

मेयर शाह

बालेनले हिन्दी चलचित्र आदिपुरुषमा सीता भारतमाा जन्मेको भन्दै संवाद राखेपछि त्यसलाई नसच्याए काठमाडौं महानगरभित्र हिन्दी चलचित्र प्रदर्शनमै प्रतिबन्ध लगाउने घोषणा गर्नुभयो ।

चीनको निर्माण कम्पनीले चक्रपथको कलंकी महाराजगञ्ज खण्ड निर्माण नगरेपछि चिनीयाँ नयाँ वर्षको अवसरमा ठमेलमा आयोजना गर्न लागेको कार्यक्रमका लागि अनुमति तदिएर चक्रपथमा गर्नुभन्दै जवाफ फर्काइदिनुभयो ।

यति मात्र होइन चीनले नेपालको स्वाधिनतामाथि आघात पुग्ने गरी भारतसंग संवाद बढाएपछि मेयर बालेनले चीनको औपचारिक भ्रमण नै रद्द गििदनुभयो ।

बालेनका यी गतिविधिलाई सत्तामा रहेका र निकट रहनेहरुले स्टन्टबाजी भन्ने गरे पनि आम जनमानसमा भने यसको निकै सकारात्मक प्रभाव पर्ने गरेको छ ।

पछिल्लो समय नेपालमा अमेरिकाले दिएको अनुदान भ्रष्टाचार भएकाले रोकिएको बताएपछि बालेनले अमेरिकी राष्ट्रपतिले लाई सम्बोधन गर्दै अमेरिकाभन्दा नेपाल धेरै राम्रो छ र अमेरिका अल्छीहरुको देश भन्दै कटाक्ष गर्नुभएको छ ।

अंग्रेजी भाषामा लेखिएको बालेनको स्टाटसमा अमेरिकीहरू आफै देश बनाउन नसक्ने र उसलाई बाँकी देशका जनशक्ति आवश्यक हुने बताउँदै हाम्रो देश तपाईंहरूको भन्दा राम्रो छ भन्ने स्मरण गराइदिनुभएकोमा धन्यवाद भन्नुभएको छ ।

उहाँले जनशक्ति विदेशिएका कारण नेपाल गरिब भएको हुँदा डिभी लट्रीलाई पनि तत्काल बन्द गर्न र नेपालका रत्नहरु फिर्ता गर्न माग पनि गर्नुभएको छ ।

ट्रम्पलाई मेन्सन गरेर स्टाटस लेखेपछि शुक्रबार विहान बालेनले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गरेर अर्को स्टाटस लैख्नुभयो । जहाँ लेखिएको छ-

प्यारो प्रधानमन्त्री ज्यु, अमेरिकाले ‘करप्ट’ भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस, नेपाली भएर बाच्ने आधार त दिनुस ।

स्मरणीय के छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललाई दिंदै आएको अनुदान रोक्नुको कारण खुलाउँदै त्यो रकम भ्रष्टाचार भएको ठगी हो भन्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.