सन् २०१४ मा बंगलादेशमा सम्पन्न आईसीसी टी २० विश्वकपमा छनोट भएर सहभागिता जनाएको नेपालले प्रतियोगतामा पनि उत्कृष्ट प्रदर्शन गरेपछि नियमित विश्वकप खेल्ने सम्भावना औंल्याइएको थियो ।
तर, त्यसयता नेपाल विश्वकपमा छनोट तहुन सकेन । अहिले भने २०२२ मा अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोटको संघारमै पुगेको छ । विश्वकप छनोटका लागि नेपालले आज युएईलाई पन्छाउनु आवश्यक छ ।
छनोट प्रतियोगितामा आफ्नो समूहको तीवटै खेलमा विजयी रहँदै विपक्षीमाथि हावी भएको नेपालका लागि युएईसंगका खेल नेपाली क्रिकेटको विश्वकप भविष्यसंग जोडिएको छ ।
नौ वर्षअघि हङकङविरुद्ध यूएईमा भएको खेलले नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्याएको थियो भने जिम्बावेमा भएको पपुवा न्युगिनीसँगको खेलले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिलाएको थियो । आज यूएईमाथि जित हात पारेमा नेपाल ट्वान्टी–२० विश्वकपमा पुनः पुग्नेछ ।
यूएईलाई पन्छाउँदै अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्न तयार रहेको नेपालका प्रशिक्षक पुबुदु दासानायकेले बताउनभएका छ ।
क्यानडामाथि सोमबार सहज जित हात पारेपछि नेपालले सेमिफाइनल यात्रा तय गरेको हो । पहिलो दुई खेल जितेर सेमिफाइनल आधार बनाए पनि नेपालको अन्तिम चारको यात्रा निश्चित हुन सकेको थिएन ।
नेपालले ८ विकेटको सहज जित निकाल्यो । क्यानडालाई १५ ओभरमा ८० रनमै अलआउट गरेपछि नेपालले पनि १५ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो ।
सेमिफाइनललाई लिएर कप्तान सन्दीप भन्छन् यूएईसँगको खेल हाम्रा लागि निकै ठूलो हुनेछ, त्यसैले हामी यसमा शतप्रतिशत खेल्नेछौं । अहिलेसम्मको यात्रा धेरै राम्रो भइरहेको छ र यूएईसँगको खेललाई हामी व्यग्र प्रतीक्षा गरिरहेका छौं ।
प्रतिक्रिया राख्नुहोस्