मृत अवस्थामा आठ जना फेला
काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१४ स्युचाटारस्थित सडकमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई ललितपुर धोबिघाट डेरा गरी बस्ने ६० वर्षीय सानु गुरूङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सर्लाही, मलंगवा नगरपालिका-५ बस्ने ६० वर्षीय माहावीर सहनी सोही नगरपालिका-६ स्थित सडक छेउ खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी श्रृजना टोल डेरा गरी बस्ने २९ वर्षीया अस्मिता गिरी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ भैंसीबजार ह्वाइटदरबार डेरा गरी बस्ने लम्जुङ घर भएका ३५ वर्षीय कर्मा घले आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै इलाम, इलाम नगरपालिका-४ सिम्लेस्थित नक्कले खोल्सामा सोही ठाउँ बस्ने झापा दमक नगरपालिका-२ बेलडाँगी घर भएका ३६ वर्षीय राजकुमार भन्ने हर्क बहादुर सुब्बा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उता बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ अम्लेखगंजस्थित नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अम्लेखगंजमा काम गर्ने जाजरकोट बारेकोट गाउँपालिका-५ टोलथान घर भएका ३० वर्षीय सुनिल साह सोही कार्यालयको कर्मचारी आवास गृहमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ बन्कटुवा गाउँस्थित सडक छेउमा रहेको पोखरीमा सोही ठाउँस्थित ससुरालीमा बस्दै आएका बर्दिया बाँसगढी नगरपालिका-८ बन्गौली घर भएका ४७ वर्षीय रूपलाल बिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ जमुरास्थित सडकको कल्भर्ट मुनि जमेको पानीमा सोही ठाउँ बस्ने ४० वर्षीय राजेन्द्र पासी बिहीबार मृत अवस्थामा फेला परेका छन्य स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्