पाइजाको निधनमा मोना जापान स्तब्ध
म्याग्दीबासी नेपालीहरुको प्रवासी संगठन ‘म्याग्दी नेपाली प्रवासी संघ, कार्यकारी समिति (मोना) जापानले म्याग्दीको शिखा गाविस वडा नं. ४ निवासी हाल जापानमा कार्यरत ४९ वर्षीय चमानसिंह पाइजाको निधनमा गहिरो दुःख व्यक्त गरेको छ ।
विगत २१ वर्षदेखि जापानको आइची केन टोयोटा सिईमा एक कम्पनीमा कार्यरत पाइजा मगरको यही फेब्रुअरी १३ मा आकस्मिक निधन भएको थियो ।
मोना जापानका तर्फबाट अध्यक्ष सचिव श्रेष्ठ तथा महासचिव गणेश श्रेष्ठले एक विज्ञप्ति जारी गरी उहाँको निधनले मोना जापान परिवार स्तब्ध भएको जनाउँदै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
स्व. पाइजा मगरको हालसम्म अन्त्येष्टि गरिएको छैन । मोनाले अन्त्येष्टि स्थल र समय निर्धारण नभएकाले यस विषयमा थप जानकारीका लागि सल्लाहकार दीपक कार्कीसंग ०८-४३१३-७८६६ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्