जापान

काठमाडौंमा जापानी सम्राटको जन्मोत्सव तथा राष्ट्रिय दिवस

नेपालस्थित जापानी दूताबासले जापानी स्रमाट नारुहितोको ६४ औं जन्मोत्सव तथा जापानको राष्ट्रिय दिवस मनाएको छ । राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि जापानका राजदूत युताका किकुताले स्वागत समारोहको आयोजना गर्नुभएको हो ।

काठमाडौंको ताहाचलमा रहेको राजदूतको सरकारी निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा लगभग ३६० जना अतिथिहरुको उपस्थितिमा समारोह आयोजना गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर, सहरी विकास मन्त्री सीता गुरुङ, पूर्वमन्त्रीहरु, संघीय संसदका सदस्यहरु, सरकारी अधिकारीहरु, नेपालस्थित अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समारोहमा राजदूत किकुताले जनवरी १, २०२४ का दिन जापानमा गएको भूकम्पमा नेपालले देखाएको सहानुभूति र जापानमा रहेका नेपालीहरूले प्रदान गरेको सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै सबै अतिथिहरूलाई स्वागत गर्नुभयो ।

उहाँले सन् २०२६ नेपाल एलडीसीबाट स्तरोन्नति हुने र सोही वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठ हुने उल्लेख गर्दै सो स्मरणीय वर्षमा द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

स्वागत समारोहमा राजदूत किकुता र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि श्री ओकुबो अकिमित्सुले जापानी संस्कृति प्रदर्शन, केन्दो काटा तरवार प्रयोग गरेर जापानी परम्परागत मार्शल आर्ट प्रदर्शन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.