विश्व समाचार

जेलेन्स्की अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न ‘तयार हुनुहुन्न’ : स्रोत

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नो देशको दुर्लभ पृथ्वी खनिजमा संयुक्त राज्य अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्न ‘तयार नभएको’ एक युक्रेनी स्रोतले बताएको छ ।

भोलोदिमिर जेलेन्स्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले उहाँका पूर्ववर्ती जो बाइडेनले प्रदान गरेको दशौँ अर्ब डलर सहायताको क्षतिपूर्तिका रूपमा अमेरिकी कम्पनीहरूलाई पहुँच दिन चाहनुहुन्छ ।

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले शुक्रबार जेलेन्स्कीले चाँडै सम्झौतामा हस्ताक्षर गर्ने अनुमान गर्नुभयो तर प्रस्तावित सम्झौताको रूपरेखा सार्वजनिक गरिएको छैन ।

“हालको मस्यौदाको रूपमा राष्ट्रपति स्वीकार गर्न तयार हुनुहुन्न, हामी अझै परिवर्तन गर्न र रचनात्मकता थप्न कोशिश गरिरहेका छौँ”, विषयसँग सम्बन्धित एक युक्रेनी स्रोतले शनिबार भन्यो, “सम्झौतामा ग्यारेन्टी वा लगानी सम्बन्धी कुनै अमेरिकी दायित्व छैन, उनीहरूको बारेमा सबै कुरा धेरै अस्पष्ट छ र उनीहरू हामीबाट पाँच खर्ब डलर निकाल्न चाहन्छन्, यो कस्तो साझेदारी हो ? … र हामीले किन पाँच खर्ब अरब डलर दिनुपर्ने हो, त्यसको कुनै जवाफ छैन ।”

स्रोतले युक्रेनले संशोधनहरू प्रस्ताव गरेको बताएको छ । युक्रेनले आफ्नो प्राकृतिक स्रोत र महत्त्वपूर्ण खनिजहरू हस्तान्तरण गर्ने कुनै पनि सम्झौताको हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाबाट सुरक्षा ग्यारेन्टी खोजिरहेको छ ।

सम्झौतामाथिको असहमति जेलेन्स्की र ट्रम्पबीचको वाक युद्धको बीचमा आएको छ । ट्रम्पले यस हप्ताको सुरुमा सामाजिक सञ्जालमा आफ्ना युक्रेनी समकक्षीलाई ‘तानाशाह’ भन्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.