जन सरोकार

नौ महिने र सात वर्षीय बालकको डुबेर मृत्यु

नौ महिने र सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ । कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ सानो सिसनियास्थित गोल्ड इँटा भट्टामा काम गर्ने भारत गोरखपुर फटलाईजर घर भएका झिनक निसादको छोरा ९ महिनाको दिवांश निसादको सोही इँटा भट्टा भित्र रहेको पानी जम्मा भएको खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

बालिका मृत फेला

डुबेर अशक्त भएका उनको अलसेक अस्पताल लबनीमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ बदेलपोखरी बस्ने यम बहादुर कामु मगरको छोरा ७ वर्षीय बिपिन कामु मगरको सोही ठाउँस्थित कल्भर्टमा डुबेर शनिबार बेलुकी मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.