जन सरोकार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा विभिन्न स्थानबाट दुई जना पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा विभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । आफ्नै श्रीमती २८ वर्षीया मन कुमारी बुढाको हत्या गरेको अभियोगमा  रोल्पा,माडी गाउँपालिका-१ जयलखसे बस्ने ३२ वर्षीय भिम बहादुर बुढालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका भिम बहादुरले मन कुमारीलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै आफ्नै श्रीमती ४० वर्षीया ङिम्किमो शेर्पाको हत्या गरेको अभियोगमा ओखलढुंगा, सिद्धिचरण नगरपालिका-५ बिप्ल्याटे बस्ने ४० वर्षीय काजी शेर्पालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

काजीले कुटपिट गर्दा गम्भीर घाइते भएकी ङिम्किमोको सामुदायिक मिसन अस्पताल ओखल्ढुंगामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.