आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा तेह्र जना पक्राउ
आपराधिक गतिविविधमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट १३ जना पक्राउ परेका छन् । लागुपदार्थ बोकेको अभियोगमा सबैभन्दा धेरै पक्राउ परेका हुन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका–३२ मजुवा, कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेट, बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ र रूपन्देही, सैनामैना नगरपालिका–१ रानिबगिया चोकबाट गाँजासहित सात जनालाई शनिबार पक्राउ गरिएको हो ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१, टीकापुर नगरपालिका–७ बनगाउँ, सुनसरीको धरान उपमहानगरपालिका–१७ सिमी चोकबाट पाँच जनालाई खेरो हेरोइन तथा चिकित्सकको पूर्जीबिना विविध ठूलो परिमाणमा औषधिसहित पक्राउ गरिएको छ ।
साथै कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेपाखाका ५९ वर्षीय मनबहादुर विकलाई दुई थान भरूवा बन्दुक र बारूदसहित नियन्त्रण्मा लिइएको छ । अभियुक्त सबैलाई कानुनी कारबाहीका निम्ति सम्बन्धित निकायमा पठाइएको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्