कर्पोरेट/पर्यटनप्रबास

लस एन्जलसमा नेपाली पर्यटन प्रवर्द्धन

संयुक्त राज्य अमेरिकाको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । लस एन्जलसमा यही फ्रेबुअरी २२ र २३ मा सञ्चालित ‘एडभेन्चर ट्राभल शो’ नेपाल पर्यटन बोर्डको नेतृत्वमा चार कम्पनीले सहभागिता जनाएका हुन् ।

लस एन्जलसमा नेपाली पर्यटन प्रवर्द्धन

मेलामा नेपाल ट्रेक एडभेन्चर एण्ड एक्स्पीडिसन प्रालि, ओझा होलिडे टुर एण्ड ट्रेक्स प्रालि, फ्रेण्ड्स एडभेन्चर टिम प्रालि र नेपाल सेन्चुरी ट्रेक्स प्रालिले सहभागिता जनाएका हुन् । उक्त पर्यटन मेलामा नेपालले १५ वर्षपछि सहभागिता जनाएको हो ।

नेपालको मनमोहक परिदृश्य, समृद्ध संस्कृति र रोमाञ्चकारी साहसिक पर्यटनबारेमा मेलामा जानकारी गराइएको मेलामा सहभागी ट्रेक एडभेन्चर एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक एवम् ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)का पूर्वमहासचिव विनोद सापकोटाले जानकारी दिनुभयो ।

सन् २०२४ मा नेपाल घुम्न आएका जम्मा पर्यटकमध्ये १० प्रतिशत अर्थात् एक लाख १२ हजार पर्यटक अमेरिकाको रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये भारतपछि अमेरिका दोस्रो नम्बरमा पर्छ ।

मेलामा नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य राजेन्द्र लामा, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, पर्यटन व्यवसायी रमेश ओझा, नवीन पोखरेल, कुन्दन मिश्रलगायतको सहभागिता रहेको छ । त्यसैगरी क्यालिफोर्नियाका लागि नेपालका अवैतनिक वाणिज्यदूत ऋषिप्रसाद ढकालको समेत उपस्थिति रहेको थियो ।

दुई दिनसम्म सञ्चालित उक्त मेलामा नेपालसहित ब्राजिल, जापान, इण्डोनेसिया, भियतनाम, ताइवान, कोरियालगायतका देशका करिब एक सय बढी स्टलहरु राखिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.