विराट कोहलीको शतकमा च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई छ विकेटले पराजित गरेको हो ।

जारी प्रतियूगीतामा भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातर दोस्रो हार । जितसंगै भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ भने आयोजक पाकिस्तानको नकआउटबाटै बाहिरिने सम्भावना बलियो बनेको छ ।
समूह ‘ए’ अन्तर्गत दुबईमा भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाई दुई सय ४१ रनमा समेटियो । पाकिस्तानका लागि साउद सकिलले ६२ रनको अर्धशतकीय पारी खेले भने मोहम्मद रिजवानले ४६ रन जोडे । त्यस्तै खुसदिल शाहले ३८ रन जोड्दा बाबर अजामले २३,नसिम साहाले १४ र इमामुम उल हकले १० रन बनाएका थिए ।
भारतको लागि कुलदीप यादवले तीन विकेट लिए भने हर्सिक पाण्डेयले दुई विकेट लिंदा हर्षित राना, रविन्द्र जदेजा र अक्सर पटेलको भागमा समान एक-एक विकेट रह्यो । पाकिस्तानले दिएको दिएको दुई सय ४२ रनको लक्ष्य भारतले ४५ बल बाँकी हुँदै चार विकेट गुमाएर पूरा गर्यो । भारतको लागि विराट कोहलीले एक सय ११ बलमा सात चौका प्रहर गर्दै अविजित १०० रनको शतकीय पारी खेले भने श्रेयस अय्यरले ५६ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै शुभमन गिलले ४६ रन जोड्दा रोहित शर्माले २० रन बनाए । पाकिस्तानका लागि साहिन साहा अफ्रिदीले दुई विकेट लिए भने अब्रार अहमेद र खुसदिल साहको भागमा समान एक-एक विकेट रह्यो । यसअघि पाकिस्तान आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६० रनले पराजित भएको थियो भने भारतले बंगलादेशलाई छ विकेटले हराएको थियो ।
प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार पौने तीन बजे बंगलादेश र न्युजिल्याण्ड भिड्दै छन् ।
प्रतिक्रिया राख्नुहोस्