जापानले बनाइदियो उदयपुरको श्री चन्द्रावती माविको कक्षाकोठा भवन
जापान सरकारको सहयोगमा उदयपुरको श्री चन्द्रावती माध्यमिक विद्यालयको कक्षाकोठा भवन निर्माण गरी त्यसको उद्घाटन र हस्तान्तरण गरिएको छ ।

जापान सरकारद्वारा जापानी गैरसरकारी संस्था परियोजनाको लागि अनुदान सहायता अन्तर्गत निर्मित भवनको आइतबार जापानी राजदूत तोरु मायदाको उपस्थितिमा उद्घाटन गरिएको हो ।
जापान सरकारको ग्रासरुट मानव सुरक्षा परियोजनाका लागि अनुदान सहायता (जीजीपी) अन्तर्गत, “उदयपुरको चन्द्रावती माध्यमिक विद्यालयका लागि कक्षाकोठा निर्माण” परियोजनालाई लगभग ८५ लाख सहयोग प्राप्त भएको थियो ।
यस अवसरमा, राजदूत मायदाले परियोजनामा संलग्न सबैको प्रयासलाई बधाई र प्रशंसा गर्नुभयो । उहाँले परियोजनाको नतिजाले विद्यालयका विद्यार्थी र शिक्षक दुवैको लागि सिकाइ वातावरणमा ठूलो सुधार ल्याउने बताउनुभयो ।
सन् १९६० मा स्थापित भएको यस विद्यालयमा लगभग ३३० विद्यार्थीहरूको रहेका छन् । यस विद्यालय यो क्षेत्र र बाहिरको एक महत्त्वपूर्ण शैक्षिक संस्था भएको छ । जापानी दूतावासले यस परियोजनालाई जापान र नेपालका जनता बीचको मित्रताको दीर्घकालीन प्रतिक र नेपालमा गुणस्तरीय शिक्षा, सिकाइ र जीवनयापनको अवस्था प्रदान गर्ने राम्रो उदाहरण हुने आशा गरेको छ ।
यो परियोजना जापान सरकारको जीजीपी मार्फत काठमाडौंको एनपीओ किड्सद्वारा सम्पन्न गरिएको थियो । सन् २०१५ मा स्थापना भएको यस संस्थाले नेपालमा शैक्षिक वातावरण सुधार गर्न सक्रिय रूपमा काम गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्