राजनीति

अमेरिकी राष्ट्रपतिको भनाइको संसदीय छानबिन गर्न माग

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसद पूर्णबहादुर घर्तीमगरले नेपाल अमेरिका दुई देशबीच भएको सम्झौता गलत भन्ने टिप्पणी अमेरिकी राष्ट्रपतिबाट भएकाले त्यसको संसदीय छानबिन गर्न माग गर्नुभएको छ ।

यसै गरी सांसद डोरप्रसाद अर्यालले नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत्का पोल एवं तार मर्मतसम्भार नगर्दा धादिङ, गजुरी क्षेत्रमा समस्या भएकाले छिटो समाधान गर्न माग गर्नुभयो ।

सांसद डा तोसिमा कार्कीले स्वास्थ्य बीमाको रकम दिन सकिएन भन्नु गलत भएको बताउँदै स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य बीमा अनिवार्य सुरू गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद दामोदर वैरागी पौडेलले पोखरा महानगरपालिका र माछापुच्छ्रे क्षेत्र जोड्ने पक्की पुल बनाउन माग गर्नुभयो । त्यस क्षेत्रका सडकको स्तरोन्नति गरिनुपर्नेमा पनि उहाँको जोड थियो ।

सांसद दीपकबहादुर सिंहले स्वास्थ्यमा उच्च शिक्षा हासिल गरेका जनशक्तिले स्वदेशमै काम गर्ने अवसर पाउने गरी व्यवस्था मिलाउन माग गर्नुभयो ।

सांसद दीपा शर्माले बाँकेको राँझा क्षेत्रमा सडक र पुल जीर्ण भएकाले बनाउने वातावरण बनाइदिन सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवेन्द्र पौडेलले विद्युत्को महसुल तिर्नेको लाइन काट्ने नतिर्नेको नकाट्ने काम भइरहेको दाबी गर्दै यस्ता काम बन्द गर्न माग गर्नुभयो । सांसद नागिना यादवले हावाहुरीको समय सुरू हुन लागेकाले विपद् व्यवस्थापन एवं पूर्वतयारीको योजना बनाउन माग गर्नुभयो ।

सांसद नारायणप्रकाश साउदले महाकाली सिँचाइ आयोजना तेस्रो सञ्चालन गराउने क्रममा जग्गा अधिग्रहण गरिएकामा केही किसानले अझै मुआब्जा नपाएकाले छिटो दिन माग गर्नुभयो ।

सांसद नारायणी शर्माले सुशासन हुने वातावरण बनाउन माग गर्नुभयो । सुशासनको मुद्दा देशव्यापी बन्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद निर्मला कोइरालाले बीरगञ्जमा निर्माण भएको रङ्गशाला खण्डहर बनेको उल्लेख गर्नुहुँदै दातृ निकायसँग सहयोग लिएर भए पनि रङ्गशाला बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क गरिनुपर्नेमा जोड दिँदै छ महिनाअघि प्रधानमन्त्रीले डिजिटल कारोबार निःशुल्क गर्ने प्रतिबद्धता जनाउनुभएकामा कार्यान्वयन नभएको बताउनुभयो ।

सांसद पुष्पबहादुर शाहले भारतको सुरतमा अछामका एक नेपाली बालिकाको बलात्कार भई २८ हप्ताको गर्भ रहेकाले बलात्कारमा संलग्न ती नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

सांसद पूर्णबहादुर घर्तीमगरले नेपाल अमेरिका दुई देशबीच भएको सम्झौता गलत भन्ने टिप्पणी अमेरिकी राष्ट्रपतिबाट भएकाले त्यसको संसदीय छानबिन गर्न माग गर्नुभयो ।

सांसद प्रतीक्षा तिवारीले स्वदेशमै नेपाली विद्यार्थीले शिक्षा हासिल गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद प्रभु हजाराले वीरगञ्जको पुरानो ठाकुरराम बहुमुखी क्याम्पसको भौतिक सुधारको माग गर्नुभयो ।

सांसद प्रेमबहादुर महर्जनले भारतको ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको घटनापछि नेपाली विद्यार्थी भारतमा बसेर पढ्ने अवस्था नरहेकाले पढिरहेको शिक्षालयमा बसेर पढ्ने वातावरण बनाउन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले धेरै प्रदूषण गर्ने राज्यले क्षतिपूर्ति तिराउने व्यवस्था गराउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो । सांसद विन्ध्यवासिनी कंसाकारले साइबर सुरक्षा सुदृढ बनाउन माग गर्नुभयो ।

सांसद वासुदेव घिमिरेले क्युआर कोडबाट थोरै भुक्तानी गर्दा धेरै सेवा शुल्क लाग्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिनुभयो । सांसद विनिता कठायतले समृद्धिका नाममा झुठको खेती नगर्न माग गर्नुभयो । सांसद विमला सुवेदीले नेपाल ग्रे लिष्ट परेकाले त्यसबाट हट्ने गरी काम गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.