राष्ट्रपतिमा एमालेले सुवास नेम्वाङलाई उठाउने
नेकपा एमालेले राष्ट्रपतिमा पार्टीका तर्फबाट संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङलाई उठाउने निर्णय गरेको छ ।
एमाले कार्यसम्पादन समितिको बैठकले नेम्वाङलाई राष्ट्रपतिमा उठाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत दिनुभएको हो ।
एमालेकै बलबुतामा प्रधानमन्त्री बने पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिमाा पूर्व सहमति विपरीत कांग्रेसलाई प्रस्ताव गरेपछि सत्ता गठबन्धनमा पनि परिवर्तन भएको छ ।
यतिबेला प्रधानमन्त्री प्रचण्ड आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमाा कांग्रेस नेता रामचन्द्र पौडेललाई जिताउने प्रयासमा हुनुहुन्छ भने सरकारमा रहेका दलहरुले समर्थन फिर्ता लिन थालिसकेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको भने नेकपा एमालेले यस विषयमा आजै निर्णय गर्ने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्