साहित्य

व्याकरणविद् चूडामणि गौतमको निधन

नेपाली विद्यार्थीहरुका लागि अंग्रेजी व्याकरणका गुरुका रुपमा स्थापितत चूडामणि गौतमको गौतमको ८१ वर्षको उमेरमा निधन भएको छ ।

गौतमको पारिवारिक स्रोतका अनुसार उहाँको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो । अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान दिनुएको छ ।

अंग्रेजी व्याकरणमा प्रख्यात रहेका बखत गौतमले २०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गर्नुभएको थियो भने त्सअघि ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ पनि सार्वजनिक गर्नुभएको थियो ।

तेह्रथुमको खाम्लालुङ–१ पाकतिनमा १ असोज २००० सालमा जन्मनुभका गौतमले २१ वर्षको हुँदा आठराईको मोहन माविबाट एसएलसी उत्तीर्ण गरेपछि आईएस्सी पढ्न विराटनगर झर्नुभएको थियो ।

तर बिरामी परेर अन्तिम परीक्षामा एक विषय छुटाएपछि महेन्द्र मोरङ क्याम्पसबाट बाहिरिए। प्राइभेट परीक्षा दिएरै मानविकी र कानूनमा स्नातक गर्नुभयो।

२०३५ सालमा ‘आभास’ कविता संग्रहमार्फत पुस्तक संसारमा आउनुभएका गौतमले २०६९ सालमा १४ सय पृष्ठको भीमकाय ‘गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी’ सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.