जन सरोकार

नवलपरासीमा दुई समूहबीच झडप, प्रहरीद्वारा अश्रु ग्यास र हवाइ फायर

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा स्थानीय दुई समूहबीच झडप हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

सोमबार बेलुकी दुई स्थानीयबीच भएको झगडालाई लिएर मंगलबारपुनः झडप भएको थियो । झडपको कारण सो गाउँका युवायुवतीबीच भागी विवाह रहेको बताइएको छ ।

करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेपछि उनीहरूबीच द्वन्द्व बढेको थियो । त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो ।

तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए । यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भइ कुटपिटमा उत्रिएका थिए ।

मंगलबार बिहान पौने १० बजेदेखि सुरू भएको स्थानीयबीचको झडप नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । प्रहरीले त्यस क्रममा ५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गर्नुपरेको थियो ।

प्रहरीको व्यापक परिचालनपछि घटना प्रहरीको नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार झडपमा प्रहरीको गाडी, कवाड राखेको पसल पनि जलेका छन् भने पाँचजना सिभिल प्रहरी, १५ जना प्रहरी र पाँचजना स्थानीय गरी २० जना घाइते भएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.