राजनीति

प्रधानमन्त्रीको बिरोध गर्ने आशंकामा चारजना पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध गर्ने तयारी गरेको भन्दै काठमाडौंको तीनचुली तथा आरुबारीका चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लामो समयदेखि सो क्षेत्रको सडक अस्तव्यस्त रहेका बेलाा मंगलबार प्रधानमन्त्री ओली सोही सडकखण्डबाट नेपाल मेडिकल कलेजको नयाँ भवन उद्घाटन गर्न जाने कार्यक्रम रहेको र सो क्रममा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारी भएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी राजेश दाहाल, किरण केसी, राजु सुनुवार र मोहन सिंहलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा नियन्त्रणमा लिइएको जनाइएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ आत्तरखेलमा अवस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

सोमबार साँझबाट नै युवाहरुले सडकको अवस्थाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बिरोध गर्ने भन्दै सूचना राखेका भए पनि तत्कालै सूचना सच्याउँदै बिरोध कार्यक्रम स्थगित गरिएको जनाएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.