राजनीति

विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको धारणा माग्दै संसदमा नारावाजी

बालकुमारी घटनाका जिम्मेवार लगायत अन्य विवादित मन्त्रीहरुको राजीनामा माग गर्दैआएको प्रमुख विपक्षी नेकपा एमालेले सोमबार प्रधानमन्त्रीको धाणा माग्दै संसदमा नाराबाजी गरेको छ ।

उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाउँदै मन्त्रीहरुको सम्बन्धमा तत्काल जवाफ मागेको हो ।

यसअघि एमाले सांसद गोकुल प्रसाद बास्कोटाले फागुन ६ गतेदेखि विषय उठाउँदै आएको भएता पनि सरकारले जवाफ नदिएकाले बिरोध गर्नुपरेको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरुले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्यो,’ एमालेको तर्फबाट धारणा राख्दै सांसद भने, ‘सुप्रिमोमाथि को छ ?’

त्यस्तै बास्कोटाले विवादित मन्त्रीहरुको सम्बन्धमा सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेसमक्ष माग समेत गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.