संसदबाट बाहिर निकालिन्छ भने निकालियोस्
मुलुकमा लामो समयदेखि थाँती रहेको मिटर ब्याज, सहकार तथा लघुवित्त पीडित लगायत किसानहरुको माग सम्बोधनमा सरकार उदासिन रहेपछि संसदमा कडा चेतावनी दिइएको छ ।

सोमबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन नभए संसदको आगामी बैठक अवरुद्ध गर्ने चेतावनी दिनुभएको ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बबोल्दै अध्यक्ष लिङ्देनले बालुकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनासँगै मिटरब्याज र लघुवित्त पीडित, दुग्ध उत्पादक किसानको भुक्तानीको मुद्दा संसदमा निरन्तर उठे पनि सरकारले नसुनेको बताउनुभयो ।
उहाँले जनताका समस्या सरकारले सुनेर पनि नसुनेको, देखेर पनि नदेखेको जसरी बसेको भन्दै सरकारले मिटरब्याज र लघुवित्त पीडित, दुग्य उत्पादक किसानको विषयमा आउने बैठकभित्र ठोस सम्बोधन गरेन भने राप्रपाले आउने बैठकबाट संसद अवरुद्ध गर्छ भन्नुभयो ।
अध्यक्ष लिङ्देनले संख्यामा कम भएका कारण यहाँबाट निकालिन्छ भने हामी निस्कन तयार छौं । तर यो समस्यामा राप्रपा संसद र सडक दुवैतर्फ उभिने चेतावनी दिनुभयो ।
देशमा कस्तो न्याय व्यवस्था छ भन्ने अहिले सडकमा देखिएको उनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘सर्वहारा वर्गको अधिनायकत्व स्थापनाको नारा दिएर अगाडि बढेको पार्टीको नेतृत्वमा सरकार भएको बेला सर्वहारावर्गको अवस्था के छ भन्ने भृकुटीमण्डप र सिफलमा देखिन्छ ।’
प्रतिक्रिया राख्नुहोस्