क्रिकेटखेल

महिला क्रिकेट खेलाडीको मासिक तलब ५० हजार

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडीको ग्रेड निर्धारण गरी मासिक तलब तोकेको छ । क्यानले चार वर्गमा विभाजन गरी खेलाडीहरुको तलब तोकेको हो ।

सोमबार बसेको क्यान कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीहरुको ग्रेड निर्धारण गरेर यसअघिको रकममा निकै वृद्धि गरी मासिक तलब तोकेको हो ।

क्यान बैठकले राष्ट्रिय महिला टोलीका खेलाडी इन्दु बर्मा, रुबिना क्षेत्री र सीता रानामगरलाई ग्रेड एमा राख्दै मासिक तलब ५० हजार तोकेको छ ।

यसै गरी ग्रेड बीमा कविता कुँवर एकमात्र खेलाडी रहेकी छिन् । उनको मासिक तलब ३५ हजार रुपैयाँ हुनेछ भने ग्रेड सीमा पूजामहतो र अश्मिना कर्माचार्य रहेकी छिन् । उनीहरुको तलब ३० हजार रुपैयाँ हुनेछ ।

क्यानले अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावललाई ग्रेड डीमा राखेको छ । उनीहरुको तलब २५ हजार रुपैयाँ हुनेछ ।

यसै गरी क्यानले पुरुष टोलीमा जस्तै इमर्जिङ क्याटगोरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सना मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोदार, श्रृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन रहेका छन् । उनीहरुको मासिक तलब २० हजार रुपैयाँ हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.