वरिष्ठ संगीतज्ञ भक्तराज आचार्यको निधन
नेपाली सुगम र भक्ति संगीतका कालजयी श्रष्टा वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । उहाँको सोमबार अपरान्ह निधन भएको हो ।
भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्यको अक्सिजन मात्रा कम भएपछि सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको बताइएको छ ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उहाँको बिदाइ गर्ने तयारी छ ।
आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिनुभएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ ।
१९९९ सालमा धनकुटामा जन्मिनुभएका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।
प्रतिक्रिया राख्नुहोस्