जन सरोकार
ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, पाँचजना घाइते
बारा, निजगढ नगरपालिका-७ निजगढ बजारस्थित रोहित वर्कशप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा उक्त वर्कशपका संचालक सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय रेशम मगरको सोमबार दिउँसो मृत्यु भएको छ ।
गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त सिलिण्डर पड्किँदा घाइते भएका ५ जनामध्ये ४ जनाको बयोधा अस्पताल वीरगंजमा र १ जनाको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्