जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका-१ बगर बस्ने पूर्ण प्रसाद न्यौपानेको घर नजिकै रहेको टिनले छाएको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठमा रहेको अन्दाजी ३ सय ५० थान सल्लाको चिरान काठ समेत पूर्णरूपमा जलेर करिब १० लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै नुवाकोट, बेलकोटगढी नगरपालिका-१० धमले बस्ने ५२ वर्षीय रामप्रसाद भन्ने भोजराज तिवारीको अभियान कृषि फर्ममा गएराति आगलागी हुँदा फर्म, कुखुराको चल्ला र दाना समेत पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै धनकुटा, चौबिसे गाउँपालिका-८ अठारसय सिरान गाउँ बस्ने ३७ वर्षीय सन्त बहादुर तामाङको घरमा आइतबार साँझ आगलागी हुँदा घर र २ वटा गोठ पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यता बाँके, खजुरा गाउँपालिका-४ खजुरा बजारस्थित अरुणोदय बोर्डिङ् हाइ-स्कुलको परिसरभित्र पार्किंङ गरी राखेको भे.१ क ३१४ नम्बरको स्कुल बसमा आइतबार बेलुकी आगलागी हुँदा बसको इन्जिन भाग पूर्णरूपमा जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.