राजनीति

सभामुख र समाजवादीका सांसदको पद जोगाउन व्याख्यात्मक घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिको बचाउ गर्नुभएको छ ।

उहाँले एमसीसी पारित नगरे प्रधानमन्त्री शेरबहादुर देउवा एमालेसंग मिल्ने र यसका लागि एमालेका शर्तहरु स्वीकार्नुपर्ने भएकाले सभामुखसहित माधव नेपाल लगायत १४ सांसदको पद जोगाउन यो उपाय गरेको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले लामो समयदेखि संसद अवरुद्ध गरेको एमालेले १४ सांसद र सभामुखलाई हटाउन लागेकाले गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपायका रुपमा व्याख्यात्मक घोषणा अपनाइएको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन र अमेरिकी सहयोग परियोजना एमसीसी पनि पारित गर्न व्याख्यात्मक टिप्पणीसहितको प्रस्ताव पारित गर्न सहमति जनाए पनि पार्टी कार्यकर्ता भने सडक तताउन छाडेका छैनन् ।

त्यस्तै एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णयप्रति माओवादी केन्द्रका पाँच नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले भने विरोध जनाउनुभएको छ ।

त्यस्तै माओवादी कार्यकर्ताहरुले यसको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरुले नयाँबानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन गरेका छन् । युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै केहीबेर नाराबाजी गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.