राजनीति

सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा मौन

सरकारमा सहभागी भएर बाहिरिए पनि समर्थन कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ता गठबन्धन दलिए पनि वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थ फिर्ता लिंदै सरकारबाट बाहिरिए पनि संसदको चौथो ठूलो दल रास्वपाले भने तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनुभयो ।

उहाँले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिई नसकेको स्पष्ट पार्नुभयो ।

सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गर्नुभएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.