राजनीति

एकीकृत समाजवादीद्वारा सुझावको छनोट गर्न मस्यौदा समितिलाई जिम्मेवारी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले महाधिवेशनका लागि मस्यौदामा छलफल गर्न यही फागुन १५ र १६ गते मस्यौदा समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

पुस ११–१३ मा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको बैठकले मस्यौदा लेखनका लागि देशभरबाट आएका सुझावको अध्ययन तथा छनोट गर्न मस्यौदा समितिलाई जिम्मेवारी दिएको हो । महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदामा छनोट गरिएका सुझावलाई समावेश गरिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा एकीकृत समाजवादीमा समाहित भएकामा त्यसको स्वागत गरेको बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रमअनुसार कार्यप्रगतिको समीक्षा गरिएको उहाँले जानकारी दिनुभयो । समान विचार भएका कम्युनिष्ट पार्टीलाई एकीकृत गर्न समाजवादी मोर्चाले सुरु गरेको अनौपचारिक छलफलको सराहना गरेको बैठकले मोर्चाले आगामी चैत ३ गते सञ्चालन गर्न लागेको नेपाली विशेषताको समाजवाद कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टीले सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियान तथा पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यक्रमबारे समीक्षा गरिएको बैठकले सङ्गठन सुदृढीकरण गर्न पार्टीका सबै तहका कमिटी परिचालित गर्नेबारे छलफल गरेको प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.