प्रबास

क्यालिफोर्नियामा मुक्तिनाथधाम मन्दिरको शिलान्यास

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेपालीहरुले स्थापना गर्न लागेको मुक्तिनाथधाम मन्दिरको वैदिक विधि अनुसार शिलान्यास गरिएको छ ।

बे एरियामा रहेको रिचमण्डस्थित ५८०१ म्याकब्राइट एभेन्यूमा रहेको मन्दिर परिसरमा सोमवार विशेष पुजाअर्चना गरी पण्डितहरु र धामका अध्यक्ष एवं पदाधिकारीहरुले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

मुक्तिनाथधामका अध्यक्ष अनिल पाण्डेका अनुसार नेपाल बाहिर शिलान्यास भई स्थापना हुन लागेको यो पहिलो मुक्तिनाथधामको मन्दिर हो ।

“यो नेपाल र नेपाल बाहिर बस्ने नेपालीहरुको लागि मात्र नभएर विश्वका सबै हिन्दुहरुका लागि गौरवको क्षण हो किनभने मुक्तिनाथ धाम नेपालमा बाहेक अअन्य स्थानमा छैन र पहिलोपटक नेपाल बाहिर क्यालिफोर्नियाको बे एरियामा स्थापना हुदैछ”, पाण्डेले भन्नुभयो ।

मुक्तिनाथधाम मन्दिरको शिलान्यास कार्यक्रमसंगै आगामी मार्च ८ मा महाशिवरात्रीको अवसरमा मन्दिरमा प्राणप्रतिष्ठा र लघुरुद्राभिषेकको विशेष तयारी शुरु भएको छ ।

अध्यक्ष पाण्डेका अनुसार अनुसार फेब्रुअरी २७ बाट प्राणप्रतिष्ठा र लघुरुद्राभिषेकक कार्यको लागि मुक्तिनाथधाम मन्दिरमा पाण्डे सहित वरिष्ठ उपाध्यक्ष पशुपति कँडेल, उपाध्यक्ष दीक्पाल केसी र सल्लाहकार राजेश थापाको टोली गुप्त उपसस बस्नेछ ।

गुप्तवासको क्रममा मन्दिर परिसरमै मौन ब्रत बस्ने, शिव जप, ध्यान एवं महामृतुञ्जय तथा शिपपञ्चाक्षरीको जप लगायका विशेष आराधना हुने जानकारी दिइएको छ ।

थापाका अनुसार विदेशमा यति बिधि पुर्याएर एघार दिनसम्म एकाग्र भई गुप्तवास बसेर प्राणप्रतिष्ठापन गर्न लागिएको पहिलोपटक हो

सोमवार गरिएको शिलान्यास कार्यक्रममा नेपाली पण्डितहरु पदमप्रसाद नेपाल, चक्रपाणी अर्याल र मधुसुदन खनालले स्वस्तीवाचन गर्नुभएको थियो ।

धामका अध्यक्ष अनिल पाण्डे, वरिष्ठ उपाध्यक्ष पशुपति कंडेल, उपाध्यक्ष दीक्पाल केसी, महासचिव गोपाल आचार्य, कोपाध्यक्ष, गीता रेग्मी, सल्लाहकारहरु राजेश थापा, बालकृष्ण आचार्य लगायत कार्यसमतिका सदस्य एवं अन्य भक्तजनहरु उपस्थित भएर पूजाअर्चना गरेका थिए ।

अध्यक्ष पाण्डेले ८ मा हुने विशेष प्रकारको धार्मिक एवं पुनित कार्य नेपाल बाहिर पहिलोपटक हुन लागेकोले सबै बे एरियाबासीलाई प्राणप्रतिष्ठा एवं लघुरुद्राभिषेक समारोहमा सहभागीताको लागि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.