जन सरोकार

केसी र रायमाझीको घरबाट विभिन्न धनमाल चोरी

काठमाडौंका विभिन्न स्थानबाट विभिन्न धनमाल चोरी भएको छ ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने प्रदिप जंग केसीको घरको मुल ढोकाको ताला फुटाई सुन तथा चाँदीका विभिन्न गहना र मोबाइल १ थान गरी करिब ५ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।

प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी काठमाडौं महानगरपालिका-३ बासँबारी बस्ने ६८ वर्षीय प्रेम बहादुर रायमाझीको घरबाट नगद र सुनको गहना गरी करिब ४ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल सोमबार बेलुकी चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.