कर्पोरेट/पर्यटन
रारा किनारको होटल आगलागीबाट नष्ट, पर्यटकलाई सैनिक ब्यारेक र निकुञ्ज लगियो
आन्तरिक तथा बाध्य पर्यटककाा लागि आकर्षक गन्तब्य बन्दैआएको प्रसिद्ध रारा तालको किनारमा रहेको होटल आगलागीका कारण नष्टभएको छ ।

बुधबार राति आगलागीबाट होटल डाँफेका चारवटा भवन जलेर नष्ट भएका छन् । होटल आगोले नष्टभएपछि त्यहाँ रहेका पर्यटकलाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार होटलमा रहेको ग्यास सिलिन्डर विष्फोट हुँदा भएको आगलागीबाट काठैकाठको संरचनाले बनेका संरचना पूर्णरुपमा नष्ट भएको छ ।
नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बिहिबार बिहान आगो नियन्त्रणमा लिएका थिए । आगो नियन्त्रणमा आइसकेको पनि के क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी सरोज गिरिले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्