राजनीति

“रवीन्द्र अधिकारी परिवर्तनका संवाहक”

नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्रप्रसाद अधिकारी परिवर्तनको संवाहकका रुपमा स्थापित हुनुभएको विभिन्न क्षेत्रका व्यक्तित्वहरुले बताएका छन् ।

स्व. अधिकारीको तेस्रो स्मति दिवसका अवसरमा आज पोखरामा भएको परिसंवाद कार्यक्रममा वक्ताहरुले सो धारण राख्नुभएको हो ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको त्रिदवसीय स्मृति दिवस मनाउने क्रममा आज तेश्रो तथा अन्तिम दिन विद्यार्थी राजनीति, विकास र रवीन्द्र अधिकारी विषयक परिसम्बाद कार्यक्रममा सो धारणा राखिएको हो ।

कार्यक्रममा रवीन्द्र अधिकारीका बारेमा चर्चा गर्दै प्रमुख अतिथी प्रदेश एकका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले रवीन्द्रले विकासमा अघि सारेका योजना अविष्मरणिय भएको भन्दै ती योजनामा सबैको प्रतिबद्धता हुनुपर्ने र कटिबद्धताका साथ लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक डा. भरतराज पहारीले अधिकारी परिवर्तनका एक सफल संवाहक भएको उल्लेख गरे। पहारीले स्व. अधिकारी बहुआयामिक व्यक्तित्व भएको भन्दै राजनीतिलार्इ समाज विकासका अनेकन आयामहरुसंग जोड्ने कुशल नेता भएको बताउनुभयो ।

त्यस्तै स्व. अधिकारीका सहकर्मी राजनीतिक विष्लेषक झलक सुवेदीले रवीन्द्रसंग सबैलार्इ समेट्नसक्ने खुबी भएकै कारण सबैको प्रिय भएको र नवीन बिचार र ठोस कार्ययोजना लक्ष्य सहित लागि पर्ने ब्यक्तिको रुपमा चित्रण गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएकी एमाले केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य एवं स्वर्गीय अधिकारीकी धर्मपत्नी बिद्या भट्टराई, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एबम गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, महासचिव धनराज आचार्य, प्रतिष्ठानका सदस्य रश्मि आचार्य, पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रश्वर कोइराला, सोही क्याम्पसका प्रमुख सरोज कोइराला लगायतका वक्ताहरुले रवीन्द्र अधिकारीले बिद्यार्थी राजनीति र विकास लगायतका क्षेत्रमा पुर्याएको योगदानमाथि प्रकाश पारेका थिए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.