तिब्बतलाई बिजुली बेच्न खोज्दा ढलेको गठबन्धन
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्र्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सहित अन्य दल मिलेर बनेको सरकारको साझेदारी एकाएक उल्टिएको छ । सत्ता गठबन्धन उल्टिनुमा राष्ट्रपति चयनलाई बाहिरबाट हेरिए पनि भित्री खेल भने अर्कै रहेको पाइएको छ ।
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने भन्ने अमेरिकी परियोजना एमसीसी पारित गर्नुहुन्न भन्दैआएका माओवादी लगायतका दलहरुले व्याख्यात्मक टिप्पणीसहित पारित गरेर अमेरिका रिझाउन सफल भएकामा पछिल्लो समय अमेरिका र भारतलाई नपच्ने काम तत्कालीन ऊर्जा मन्त्रीबाट भएपछि सत्ता गठबन्धन भत्किएको हो ।
तत्कालीन ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले नेपालको बिजुली तिब्बत पठाउने विषयमा चिनियाँ पक्षलाई वार्तामा बोलाएर सकारात्मक परिणाम दिन खोजेपछि अमेरिका र भारत रुष्ट भएको राष्ट्रवादी नेपाली मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ ।
नेपालबाट चीनलाई घेर्ने अमेरिकी नीतिलाई साथ दिंदैआएको भारतले वामपन्थी राष्ट्रपति बन्नु हुँदैन भन्दै प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसबाट राष्ट्रपति बनाउन र गठबन्धन तोड्न पनि सफल भएको भारतकै कारण एमाले माओवादी गठबन्धन भत्किएको हो ।
गठबन्धन टुटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफू र आफ्नो पार्टी तथा सरकारले देशहितको काम गर्न खोज्दा देशी विदेशी शक्तिले अबरोध गरेको र प्रधानमन्त्री त्यसैमा फसेको आरोप लगाउनुभएको थियो ।
राप्रपाका अध्यक्ष समेत रहनुभएका ऊर्जा मन्त्री लिङ्देनले नेपालको बिजुली चीनको तिब्बतमा समेत विक्री गर्न सकिने मात्र होइन नेपालको निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको लामो समयदेखिको चाहना पूरा गर्दै जलविद्युतको क्षेत्रमा ठूलो फड्को मार्ने योजना अघि सारेका थिए ।
नेपाली बिजुलीको बजार भारत मात्र होइन बंगलादेश र चीनको तिब्बत पनि हुन्छ भन्दै वार्ता अघि बढाएपछि रुष्ट भारत र अमेरिकाले अन्ततः सरकार नै परिवर्तन गर्न सफल भए ।
प्रतिक्रिया राख्नुहोस्