सूचना/प्रविधि
चीनको नयाँ प्रविधि : मिथानोल–डिजेल इन्जिन सार्वजनिक
चीनले बुधबार साङ्घाईमा उच्च क्षमताको मिथानोल–डिजेल डुअल जहाज इन्जिन सार्वजनिक गरेको छ । जहाजका इन्जिनको पावर आउटपुट ६४ हजार ५०० किलोवाट रहेको छ ।

यसलाई चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड (सीएसएससी) को सहायक कम्पनीहरूद्वारा निर्माण गरिएको हो । इन्जिनले ५जी संचार प्रविधि प्रयोग गर्दछ, जसले वास्तविक–समय डाटा प्रसारण गर्न सहयोग गर्छ ।
सीएसएससीको अनुसार उक्त इन्जिनले मिथानोल ईन्धनबाट ९५ प्रतिशत शक्ति उत्पन्न गर्दछ, जसले पारंपरिक डिजेल–संचालित मोडेलहरूको तुलनामा ७.५ प्रतिशतले कार्बन डाइअक्साइड उत्सर्जन घटाउँछ ।
यसमा एक उन्नत डिजिटल इन्टेलिजेन्ट कन्ट्रोल सिस्टम, कुशल डुअल फ्युल इन्जेक्सन प्रविधि जडान गरिएको छ, जसले असाधारण ऊर्जा बचत, उत्सर्जन घटाउने क्षमता, उच्च परिचालन दक्षता र कम मर्मत लागत प्रदान गर्दछ ।
प्रतिक्रिया राख्नुहोस्